भित्रियो नेपालमा मनसुन
नेपाल बोली
३१ जेष्ठ २०८०, बुधबार
एक दिन ढिला गरी नेपालमा मनसुन भित्रिएको छ । कोसी प्रदेश हुँदै पूर्वी मधेस, बागमती र गण्डकीका पूर्वी भूभागमा मनसुन पुगेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । तर, यसपटक एक दिन ढिलो बुधबार मात्र मनसुन भित्रिएको हो । हाल गण्डकी प्रदेशको पोखरासम्म मनसुनको प्रभाव रहेको र त्यसभन्दा पश्चिमका क्षेत्रमा पुग्न केही दिन लाग्ने महाशाखाले जनाएको छ ।
मनसुन भित्रिएसँगै बुधबार बिहानैदेखि वर्षा सुरु भएको छ । कोसी, मधेस र बागमती प्रदेशमा मंगलबार राति नै पानी परेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै