नेपाली सेना चीनबाट विस्फोटक पदार्थ ल्याउदै – Nepalboli

नेपाली सेना चीनबाट विस्फोटक पदार्थ ल्याउदै

   २६ जेष्ठ २०८०, शुक्रबार  

चीनवाट हतियार खरिद गर्ने विषयमा विवाद देखिए पछि नेपाली सेनाले पहिलो चरणमा चीनवाट विष्फोटक पदार्थ ल्याउने तयारी अघि वढाएको छ । जसको कार्यविद्यी समेत बनेर काम अघि वढेको सेना स्रोतले जनाएको छ । केहि समय अघि नेपाली सेनाले चीनवाट ६ अर्बको हतियार मापढण्ड विपरित किन्ने तयारी गरेका थिए । तर युुनएन लगाएतका एजेन्सीहरुले प्रश्न उठाए पछि सेना पछि हटदै त्यसको खण्डन गरेका थिए । पछि प्रधानसेनापति र रक्षा मन्त्रालय दुुवैले चीन वाट हतियार किन्ने समाचारहरुको खण्डन गरेका थिए ।

हतियार किन्ने समाचारहरुको खण्डन गरेका केहि दिन लगत्तै सेनाले चीनवाट बिष्फोट पदार्थ ल्याउने तयारी गरेका छन । यस अघि भारतवाट ल्याउने गरेको बिष्फोट पदार्थ कार्यविद्यी परिर्वतन गरेर सेनाले चीनवाट ल्याउन लागेका छन ।

सेनाकै पहलमा कार्यविद्यीमा परिर्वतन भए पछि केही दिनमा निजी क्षेत्रका व्यवसायीहरुले चीनबाट २३० मेट्रिक टन विस्फोटक पदार्थ आयात गरेका छन् । पछिल्लो दुई साता अवधिमा २३० मेट्रिक टन विस्फोटक पदार्थ आयात गरिएको स्रोतले जनाएको छ ।पहिलो लटमा ९० र दोस्रो लटमा १४० मेट्रिक टन विस्फोटक पदार्थ चीनवाट नेपाल भित्रिएका छन ।

चीनको स्थलमार्गमार्फत् रसुवा नाका भएर सो विस्फोटक पदार्थ भित्रिएको सरकारी अधिकारीहरुले पनि पुष्टि गरेका छन् । स्रोतकाअनुसार निजी क्षेत्रले उत्तरी नाका भएर सफल रुपमा विस्फोटक पदार्थ भित्र्याउन सकेपछि नेपाली सेनाले पनि विस्फोटक पदार्थ आयातको प्रक्रिया थालेको छ । नेपाली सेनाको काठमाडौं–मधेश द्रुतमार्गको सुरुङमार्ग र अप्ठ्यारो पहाड पन्छाउन विस्फोटक पदार्थ ल्याउन लागेको बताएका छन ।

सरकारी अधिकारीहरुका अनुसार चिनयाँ नाका भएर विस्फोटक पदार्थ आयात गर्दा हालको लागत १.६ प्रतशितले महँगो भएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै