भारतीय नयां संसदमा राखिएको नक्सामा विवादको कुुनै कारण छैन – भारतीय विदेशमन्त्री एस जयशंकर – Nepalboli

भारतीय नयां संसदमा राखिएको नक्सामा विवादको कुुनै कारण छैन – भारतीय विदेशमन्त्री एस जयशंकर

   २५ जेष्ठ २०८०, बिहीबार  

भारतीय विदेशमन्त्री एसजय शंकरले भारतको नयां संसद भवनमा राखिएको नक्सा वारेमा विवाद गर्नु पर्ने कुनै कारण नरहेको बताएका छन । दिल्लीमा आज पत्रकारहरु सग कुरा गर्दै जयशकंरले हालै उद्धघाटन गरिएको भारतको नयां संसद परिसरमा राखिएको नक्साकै तलपटी त्यसको वर्णण गरिएको भन्दै कसैलाई त्यसवारेमा कुनै सन्देश वा प्रष्टिकरण चाहिएमा त्यो भारतले गर्न तयार रहेको पनि बताएका छन ।

नेपालमा समेत उक्त नक्सा वारेमा प्रश्न उठिरहेका वेला भारतीय विदेशमन्त्रीले उक्त नक्साकै तल तिर उक्त नक्सा भारतीय संस्कृतिक परम्परा र विरासत संग जोडिएको भन्दै यसलाई राजनिती रुपमा नबुुझन पनि सबैमा आग्रह गरे ।

उनले मित्र राष्टहरु यदी यसवारेमा प्रष्ट हुन चाहेमा भारतले त्यो प्रष्ट गर्न पनि तयार रहेको जयशंकरले बताए । भारतको नयां संसद भवन परिसरमा राखिएको अखण्ड भारतको नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनी पनि राखिएको भन्दै नेपालमा केहि दलहरुले त्यसवारेमा प्रश्न उठाएका छन । यद्यपी हालै भारत भ्रमण गरेका प्रधानमन्त्री पुुष्पकमल दहालले समेत उक्त नक्सा संस्कृतिक मात्र भएको जानकारी हालै आफनो संसद सम्बोधनमा जानकारी गराएका थिए ।

प्रधानमन्त्री दहालले आफुु भात भ्रमणको क्रममा नक्सा वारेमा भारतीय पक्षहरु संग जानकारी माग गरेको र भारतीय पक्षले सस्कतिक नक्सा मात्र त्यो भएकाले त्यसवारेमा कुनै दुविधा नराख्न जवाफ दिएको बताएका थिए ।

विहिवार दिल्लीमा पत्रकारहरु सग कुरा गर्दै भारतीय विदेशमन्त्री जयशंकरले समेत भारतको विदेश मन्त्रालयका प्रवक्ताले यसवारेमा पहिला नै संस्कृति नक्सा भएको जानकारी गराईसकेको भन्दै त्यसवारेमा कसैलाई कन्फयुज नहुन पनि आग्रह गरे । उनले यदी कसैलाई त्यसवारेमा प्रश्न भए त्यसको प्रष्टिकरण दिन भारत तयार रहेको पनि बताएका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै