दुई पटक पारित भएको विधेयक फेरि सदनमा ल्याउनु संसदकै अपमान – प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय संसद्ले दुई दुई पटक पारित गरेको नागरिकता विधेयक फेरि सदनमा ल्याउनु संसद्कै अपमान हुने बताउनु भएका छन । सोमबार प्रतिनिधि सभा बैठकमा विपक्ष सांसदहरूले सो विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण गरिएकोमा आपत्ति जनाइरहेका बेला प्रधानमन्त्री प्रचण्डले अघिल्लो सदनले दुई दुई पटक विधिसम्मत ढङ्गले पारित गरेको सो विधेयक अहिलेको संसद्ले मान्दिनँ भन्न नमिल्ने तर्कसमेत गर्नुभयो ।
संसद् पनि अविच्छिन्न उत्तराधिकारवाला संस्था भएकाले संविधानसम्मत ढङ्गले अघिल्लो सदनले दुई/दुई प्रमाणीकरण गर्नका लागि पठाएको विधेयक त्यसो नगरेर तत्कालीन राष्ट्रपति विद्या भण्डारीले संविधान मिचेको उल्लेख गर्नुहुँदै उहाँले त्यसलाई खारेज गर्न पनि सम्भव नभएकाले राष्ट्रपतिबाट प्रमाणीकरण गर्नु परेको स्पष्ट पार्नु भयो ।
सर्वोच्च अदालतले आइतवार नै राष्ट्रपतिले प्रमाणीकरण गरेको उक्त नागरिकता विद्येयक तत्काल कार्यन्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश दिएका छन । सदनमा एमाले, रास्पा र राप्रपा विरोधमा उत्रिए पछि प्रधानमन्त्रीले यस वारेमा सोमवार जवाफ दिएका छन ।