प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तयारी पुरा, संयुुक्तरुपमा तीन परियोजना शिलान्यास हुुने – Nepalboli

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तयारी पुरा, संयुुक्तरुपमा तीन परियोजना शिलान्यास हुुने

   १६ जेष्ठ २०८०, मंगलवार  

बुुधवार देखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हुुने भारत भ्रमणको सम्पुर्ण तयारी सम्पन्न भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मंगलवार परराष्ट्र मन्त्री एनपी साउदे पत्रकार सम्मेलन गरेर प्रधानमन्त्रीको भारत भ्रमणका बारेमा जानकारी गराएका हुन्। परराष्ट्र मन्त्रीले भ्रमणले दुुई देश विचको सम्बन्ध थप बलियो हुने दावी गरे ।
उनले भारतीय लगानी नेपालको हाइड्रोमा बढाउने, विद्युत व्यापारको मार्ग सिर्जना गर्ने, बंगलादेश सँग व्यापार गर्न आधार तयार गर्ने लगायतका विषयमा भारत संग भ्रमणको क्रममा छलफल गर्ने तयारी नेपालको रहेको पनि जानकारी गराए।

कृषि उत्पादनलाई नन रेसिप्रोकल बेसिसमा भारतीय बजारमा पुर्याउने तयारी समेत रहेको मन्त्री साउदले बताए। ‘नेपाल भारत ट्रेड ट्रिटी अध्यावधिक गर्ने विषयमा पछि छलफल हुनेछ,’ मन्त्री साउदले भ्रमणको जानकारी गराउँदै भने, ‘कुल व्यापारको दुई तिहाई व्यापार भारतसँग हुन्छ।’ सुदूरपश्चिम र उत्तराखण्डमा पुुल निर्माणको विषयलाई कार्यान्वयन गर्ने विषयमा पनि छलफलको विषय रहने छ। भारतीय लाइन अफ क्रेडिटका आधारमा ट्रान्समिसन लाइन बढाएर विद्युत व्यापार बढाउने तयारी रहेको परराष्ट्रमन्त्री साउदले जानकारी गराए।

यसको साथै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा गएको बेला तीन वटा परियोजनाको शिलान्यास हुने भएको छ । त्यस्तै, एउटा परियोजनाको उद्घाटनसमेत हुने बताइएको छ । भारतको सिलिगुडीदेखि झापा सम्मको पेट्रोलियम पाइपलाइन बिछ्याउने परियोजनाको शिलान्यास भारतबाटै दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

पूर्वी नेपालमा पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्न पश्चिम बङ्गालको सिलिगुडीदेखि झापासम्म पेट्रोलियम पाइपलाइन बिछ्याउने सम्झौता यसअघि नै भइसकेको थियो । बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने परियोजनाको समेत शिलान्यास गर्ने तयारी रहेको छ । त्यसैगरी, झापा बोर्डरमा एकीकृत जाँच चौकीको पनि शिलान्यास गरिने तयारी भइरहेको बताइएको छ ।

नेपालगञ्जमा निर्माण भएको एकीकृत भन्सार जाँच चौकी (आइसिपी) को उद्घाटन पनि त्यहीबाट संयुक्त रुपमा गर्ने तयारी भइरहेको छ । सो आइसिपी ८७ बिघा क्षेत्रफलमा फैलिएको छ ।

दोधारा चाँदनीमा सुख्खा बन्दरगाहको निर्माण हुनेछ । यस विषयमा भ्रमणको क्रममा त्यसका लागि भारतसँग सम्झौता हुने बताइएको छ । सोमबार सार्वजनिक भएको बजेटमा पनि दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माण गर्ने उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै