प्रतिनिधिसभालाई प्रधानमन्त्री दाहालद्धारा भारत भ्रमणको जानकारी

प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबारबाट हुन लागेको भारत भ्रमणबारे प्रतिनिधिसभालाई जानकारी दिएका छन् । उर्जा क्षेत्र सिंचाई, डुबान नियन्त्रण, हवाई, एकीकृत जाँच चौकी लगायत पूर्वाधार निर्माणमा जोड दिइने उनले बताएका छन् ।
चार दिने भ्रमणमा नेपालका जलविद्युत निर्यातका लागि आधार सुरक्षित गर्नेबारे कुरा हुने उनले जानकारी दिए ।
नयाँ पारवहन सम्झौता हुने पनि उनले जानकारी दिए । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका नेताहरुसँग भेट हुने पनि जानकारी दिए । चार दिने भ्रमणमा उनी मध्यप्रदेश इन्दोरमा फोहोरमैला व्यवस्थापनबारे अवलोकन गर्नेछन् । उनले उज्जैन पनि जाने जानकारी दिए ।
यो पटकको आफनो भारत भ्रमणले जलविद्युत निर्यातको आधार सुनिश्चित गर्नु प्राथमिकताको विषय भएको पनि प्रधानमन्त्रीले बताए । बंगलादेशमा विजुली निर्यातको विषयमा यसपटक कुराकानी हुनेछ’ उनले भने ।
नेपाल भारत सहकार्यका लागि जलविद्युत महत्वपूर्ण विषय हो भन्दै प्रधानमन्त्री प्रचण्डले नेपालको हित सुनिश्चित हुने गरी भारतीय लगानी भित्र्याउने विषयमा पनि छलफल हुने बताए ।