आर्थिक वर्ष २०८०/८१ को १७ खर्ब ९३ अर्ब ८३ करोड रुपियाँको बजेट – Nepalboli

आर्थिक वर्ष २०८०/८१ को १७ खर्ब ९३ अर्ब ८३ करोड रुपियाँको बजेट

   २०८० जेष्ठ १५, सोमबार  

अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को आयव्ययको विवरण संघिय ससदमा प्रस्तुत गरेका छन । सोमबार दिउँसोबाट सुरु भएको सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा महतले करिब १७ खर्ब रुपियाँको बजेट प्रस्तुत गर्दै हुनुहुन्छ ।

चालु आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपियाँको बजेट आएको थियो । चालु वर्षमा १५ खर्ब ४ अर्ब रूपैयाँ मात्रै बजेट खर्च हुने अनुमान गरिएको छ।

संघीय संसदको दुबै सदनमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री डा प्रकाशशरण महतले अनुमानको तुलनामा २ खर्ब ९१ अर्ब खर्च हुने संशोधित आकलन गरेका हुन्। सरकारले चालु वर्षको लागि १७ खर्ब ९३ अर्ब रूपैयाँ बजेट प्रस्तुत गरेको थियो।

चालु खर्च ११ खर्ब ८३ अर्ब रूपैयाँ विनियोजन गरेकोमा १० खर्ब ४३ अर्ब मात्रै खर्च हुने अनुमान गरिएको छ। हालसम्म ८ खर्ब २३ अर्ब खर्च भएको छ।

पुँजीगत खर्च ३ खर्ब ८० अर्ब रूपैयाँ विनियोजन गरिएकोमा २ खर्ब ५८ अर्ब रूपैयाँ मात्रै खर्च हुने संशोधित अनुमान गरिएको छ। हालसम्म एक खर्ब ३६ अर्ब रूपैयाँ मात्रै खर्च गरिएको छ।

वित्तीय व्यवस्थापन खर्च दुई खर्ब ३० अर्ब रूपैयाँ विनियोजन गरिएकोमा २ खर्ब ३ अर्ब रूपैयाँ मात्रै खर्च हुने अनुमान गरिएको छ। हालसम्म एक खर्ब ४१ अर्ब रूपैयाँ खर्च भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै