माओवादी र एमाले नेताहरुको चीन भ्रमण पछि चिनियाँ नेताको टोली काठमाडौ आउदै
माओवादी तथा एमालेका नेताहरुको पछिल्लो समय भएको तारम्तार चीन भ्रमण पछि चीनबाट एकजना नेतासहितको प्रतिनिधिमण्डल काठमाडौ आउन लागेका छन । माओवादी नेता तथा पुर्वसभामुख अग्नि सापकोटको नेतृत्वमा २० नेताहरु अहिले चीन भ्रमणमा छन । यस अघि एमाले नेताहरुको टोली पनि चीन भ्रमणमा गएका थिए । पुर्वसभामुख सापकोटा चीन भ्रमणको क्रममा चीनिया कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख भेटे लगत्तै चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को सिचुवान प्रान्तका सचिव वाङ सियाओहुई नेतृत्वको टोली आउदो मंगलवार काठमाडौ आउन लागेका छन ।
चीनीया नेताहरुका यो टोली सत्तारुढ नेकपा माओवादी केन्द्रको निमन्त्रणमा मंगलबार नेपाल आउन लागेको जनाइएको छ । माओवादी उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले चिनियाँ नेता नेपाल आउन लागेको पुष्टि गरे। उनका अनुसार वाङ सियाओहुई माओवादी महासचिव देव गुरुङको निमन्त्रणामा आउन लागेका हुन्।
सिचुवान प्रान्तका सचिव सियाओहुई चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको भूमिकामा पनि छन्।
नेता सियाओहुईले यअसघि सीपीसीको प्रोपोगान्डा विभागमा उपप्रमुखका रुपमा काम गरिसकेका छन्। उनलाई चिनियाँ राष्ट्रपति सी चिनफिङनिकट नेताका रुपमा चिनिन्छ।
चीनिया नेताहरुको टोली काठमाडौ आएको भोली पल्टै प्रधानमन्त्री प्रचण्ड चार दिने भ्रमणका लागि भारत जाँने कार्यक्रम छ ।
यसअघि गत जेठ ५ गते प्रतिनिधि सभाका पूर्वसभामुख एवम् माओवादी उपाध्यक्ष अग्नि सापकोटा चीन भ्रमणमा गएका छन्। उनी नेतृत्वको २० सदस्यीय टोली अहिले पनि चीनमै छ।
सापकोटा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समिति, अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा चीन गएको थियो।
सापकोटाको प्रतिनिधिमण्डलले ल्हासा, बेइजिङ र सिहाङको अवलोकन भ्रमण गरिरहेको छ। सापकोटा नेतृत्वको प्रतिनिधिमण्डल प्रधानमन्त्री भारत निस्केको भोलिपल्ट अर्थात जेठ १८ गते काठमाडौं आइपुग्नेछ।