नेपाल-चीन सिमा समस्या बारेको प्रतिवेदन दुुई बर्ष देखि गुपचुप (प्रतिवेदनसहित)

सीमा क्षेत्रका समस्याबारे अध्ययन गर्न सरकारले बनाएको समितिले नेपाल चीन सिमा रहेको समस्याहरु वारेम अध्यान गरेर सरकारलाई बुुझाएको प्रतिवेदन दुुई बर्ष देखि गुपचुप गरि राखिएको छ । प्रतिवेदनमा हुम्लामा चिनियाँ पक्षले नेपाली भूमिमा संरचना बनाउनुका साथै विभिन्न खाले अवरोध गरिरहेको निष्कर्ष निकाल्दै त्यसबारे चीनसँग तत्काल वार्ता गर्न सुझाव दिएको छ।
समितिले प्रतिवेदन बुझाएको दुई वर्ष हुन लागे पनि सरकारले भने कुनै कदम चालेको छैन। अहिलेसम्म सार्वजनिक नभएको उक्त प्रतिवेदनमा हुम्ला क्षेत्रमा चीनसँग थुप्रै समस्या रहेको किटानी गर्दै समाधानका उपाए समेत सुझाइएको छ। तर उक्त प्रतिवेदन कार्यान्वयन गर्न नेपाल सरकारले भने कुनै तत्परता देखाएको छैन।
अघिल्लोपटक शेरबहादुर देउवा नेतृत्वको सरकारले नेपाल चीन सीमा सम्बन्धमा हुम्लाको लिमीलाप्चादेखि हिल्सासम्मको सीमा समस्या अध्ययन गर्न समिति बनाएको थियो।
गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्य संयोजक रहेको समितिमा नापी विभागका उपमहानिर्देशक सुशील डंगोल, प्रहरी वरिष्ठ प्रहरी उपरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक प्रदीपकुमार पाल र राष्ट्रिय अनुसन्धान विभागका सह अनुसन्धान निर्देशक किशोर कुमार श्रेष्ठ सदस्य थिए।
समितिका पदाधिकारीले २०७७ भदौ ३ देखि ८ सम्म लिमि लाप्चादेखि हिल्सा पुगेर सीमा क्षेत्र तथा सीमा स्तम्भको अध्ययन गरेर गृहमन्त्रालयमा प्रतिवेदन बुझाएका थिए। उक्त क्षेत्रमा हिन्दु धर्मावलम्बीको एउटा प्रमुख तिर्थस्थल मानसरोवर जाने मुख्य मार्ग समेत पर्छ। सरकारी समितिले मानसरोवरको दर्शन गर्न समेत चिनियाँ पक्षबाट अवरोध हुने गरेको औंल्याएको छ।
समितिले चिनियाँ पक्षले नेपाली भूमिमा तारबार लगाएको औंल्याउँदै त्यो तत्काल हटाउन पनि सुझाव दिएको छ। आचार्य समितिले तयार गरेको ५८ पृष्ठ लामो प्रतिवेदनमा यसवाहेक पनि नेपाली पक्षले आफ्नो क्षेत्रमा गर्नुपर्ने अन्य थुप्रै सुझाव दिइएको छ। तर सुझाव कार्यान्वयन गर्नु त कता हो कता उक्त प्रतिवेदन नै गृहमन्त्रालयको दराजमा थन्किएको छ।
हेर्नुहोस सीमा समस्या अध्यन प्रतिवेदन –
https://drive.google.com/file/d/1UweE4Yk2awCUgcCB1G2uO9H3Y5m5fHbz/view