एमालेका अबरोधका कारण शुक्रवारको प्रतिनिधिसभाको बैठक शनिबारसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक (भोलि) शनिबारसम्मका लागि स्थगित भएको छ । संघीय संसद् सचिवालयले शुक्रबार सूचना टाँसेर प्रतिनिधिसभाको बैठक शनिबारसम्मका लागि स्थगित भएको जनाएको हो ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बेल घेराउ गरेपछि शुक्रबार सुरुमा २० मिनेट स्थगित बैठक निर्धारित समयमा बस्न नसकेपछि पुनः ३ बजेका लागि तय गरिएको थियो ।उक्त समयमा पनि बैठक बस्न नसकेपछि बैठक ६ बजेसम्म स्थगित भयो । तर सो समयसम्म पनि सत्तापक्ष र बिपक्षीबीच सहमति जुट्न नसेकेपछि शनिबार दिउँसो ४ बजे बैठक बोलाइएको छ ।
सरकारले संसदमा पेस गरेको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची थियो । तर, एमालेले गरेको संसद् अवरोधका कारण प्रधानमन्त्रीले जवाफ दिन पाएनन् ।
पशुपति मन्दिरको गर्भग्रिहमा राखिएको सुनको जलहरीका सन्दर्भमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले जेठ १० गते संसदमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमालेले सदन अवरुद्ध पारेको हो । एमालेले यसबारेमा सरकारको धारणा माग गरेको छ ।