प्रधानमन्त्री प्रचण्ड जेठ १७-२० मा भारत भ्रमणमा जादै, विद्युुतीय व्यापारको उच्चस्तरीय सझौता हुुने
प्रधानमन्त्री पुुष्पकमल दहाल प्रचण्ड आउदो जेठ १७ गते भारत भ्रमणमा जाने भएको छ । गएको १० पुुषमा प्रधानमन्त्री बने पछि पहिलो विदेश भ्रमण भारत वाटै गर्ने वताएको प्रधानमन्त्री प्रचण्ड १७ जेठमा भारत भ्रमणमा गएर २० गते काठमाडौ फर्केने छन । नेपाल र भारतको विदेश मन्त्रालयहरुले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी अगाडी वढाए पनि अहिले औपचारिक रुपमा मिती सार्वजनिक गरेको छैन । स्रोतका अनुसार अवको केहि दिन मै दुवै देशका विदेश मन्त्रालयहरुले जेठ १७ देखि २० गते सम्मका लागी प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको मिती घोषणा हुदै छ ।
यस अघि बैशाखको अन्तिममा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण हुुने चर्चा चले पनि भारतीय प्रधानमन्त्रीको व्यस्तताका कारण भ्रमण हुुन सकेको थिएन ।
परराष्ट मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको एजेन्डाहरु समेत तयारी अगाडी वढेको छ ।
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको बेला नेपाल र भारत विच २५ बर्षीय विद्यसत व्यापार सम्झौता गर्ने तयारी समेत हुने सम्भावना छ । पछिल्लो केहि समय यता नेपाल विद्यत प्राद्यिकरणले भारत विजुली निर्यात गरेर राम्रो आम्दानी गरिरहेको समाचारहरु आईरह्दा प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा त्यसलाई दुवै देशले दिर्घकालिन रुपमा व्यवस्थित गर्न लागेका छन ।
यसको साथै नेपाल र भारतको विचमा पेट्रोलियम पाइपलाइन र इन्धन भण्डारण डिपोका तीन वटा परियोजना अनुदानमा निर्माण गर्ने भन्ने विषयमा समेत सम्झौता हुन लागेको छ । त्यसको साथै नेपाल र भारत दवै देशका प्रधानमन्त्रीहरुले नेपालगञ्ज सुख्खा बन्दरगाह पनि संयुक्त रुपमा उद्घाटन गर्ने भएका छन् । भारत सरकारको सहयोगमा बनेको उक्त सुख्खा बन्दरगाह बाँकेको जयसपुरमा निर्माणाधीन छ ।