नक्कली शरणार्थी प्रकरणमा आईजीपीकै भूमिका माथी प्रश्न ? – Nepalboli

नक्कली शरणार्थी प्रकरणमा आईजीपीकै भूमिका माथी प्रश्न ?

   १० जेष्ठ २०८०, बुधबार  

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै करोडौं असूली गरिएको प्रकरणमा प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरको भूमिका पनि शंकास्पद देखिएको छ ।

कुँवरको गिरोहका सदस्य केशव दुलाल र सानु भण्डारीसँग सम्पर्क र भेटघाट भएको अनुसन्धानका क्रममा भेटिएका विवरणबाट देखिन गएको हो ।

प्रहरीले अनुसन्धानका क्रममा दुलालको मोबाइलबाट तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसँग भएको भाइबर च्याटको विवरण फेला पारेको छ । जसमा पाण्डेले कुँवरसँग गिरोहलाई जोडिदिएको खुलेको छ ।

भेटका लागि तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले सहजीकरण समेत गरिदिएको स्रोतबाट अनलाइनखबरलाई प्राप्त म्यासेजको विवरणमा देखिन्छ । त्यस अनुसार शरणार्थी प्रकरणका अभियुक्त केशव दुलालले १० असार २०७९ मा पाण्डेलाई म्यासेज पठाएका छन्, ‘सर नमस्ते, डीआईजी वसन्त कुँवरसँग कुरा भयो हजुर रु’ त्यसपछि पाण्डेले ‘१२ बजेपछि जानु न’ भन्ने जवाफ फर्काएका छन् ।

‘ओके हजुर’ भनेर सन्देश पठाएको केही समयपछि सचिव पाण्डेले फेरि अर्को म्यासेज पठाएका छन्, ‘पठाउनु, कुरा भएको छ ।’ यही म्यासेजमा ‘वसन्त सरलाई पनि फाइनान्सियल सपोर्ट हुन्छ भन्दा हुन्छ हजुर’ भनेका छन् ।

जवाफमा गृहसचिव पाण्डेले ‘हुन्छ’ भनेका छन् ।

यसको ३ दिनपछि केही खबर नआएको भन्दै दुलालले कुँवरको नम्बर मागेका छन् । त्यसक्रममा अर्का आरोपी सानु भण्डारीलाई फोन गर्न लगाउने भनेका छन् ।

त्यसपछि वसन्त सा’बलाई सानु भण्डारीले भेट्ने भन्दै उनले सन्देश पठाएका छन् । १३ असारमा दुलालले सानु भण्डारीले हालका आईजीपी कुँवरलाई भेटेको बताएका छन् ।
‘आईजीपी सा’ब (त्यसबेला धिरजप्रताप सिंह आईजीपी थिए) सा’बले वसन्त सा’बलाई सन्देश शर्मालाई पक्राउ नगरी इन्द्रजितलाई केही नगर्नु भन्नु भएको छ रे’, दुलालले भनेका छन् ।

त्यसबेला अनुसन्धानका क्रममा पक्राउ पूर्जी जारी भएका विषयहरु पनि गिरोहका सदस्यसम्म पुग्ने गरेको म्यासेज विवरणबाट देखिन्छ ।

अदालतबाट पक्राउ पूर्जी जारी भएका आरोपीलाई छाडेका थिए कुँवरले

हाल प्रहरी महानिरीक्षक रहेका कुँवर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) का रुपमा उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको प्रमुख छँदा १८ जेठ २०७९ मा यो प्रकरणबारे पहिलो पटक उजुरी परेको थियो ।

गृह मन्त्रालयका उच्च अधिकारीहरुसँग सम्पर्क रहेको व्यहोरासहित जाहेरी परेपछि प्रहरीले अनुसन्धानका लागि ललितपुरका सानु भण्डारी र पाँचथरका टंक गुरुङलाई नियन्त्रणमा लिएको थियो ।

त्यही दिन जिल्ला अदालत, काठमाडौंबाट पक्राउ पूर्जी लिएर पक्राउ गरिएका उनीहरुलाई तत्कालीन कार्यालय प्रमुख कुँवरले केही घन्टामै गृह मन्त्रालयको दबाबमा छाडेको खुलेको छ । उनीहरुलाई छाडेर कार्यालयको अभिलेखबाट समेत सबै विवरण मेटाएको भेटिएको छ ।

उनीहरु पक्राउ परेर नियन्त्रणमा रहे त्यसबाट गृह मन्त्रालयसम्मको नेक्सस खुल्ने भएपछि कुँवरमार्फत उनीहरुलाई छाड्न दबाब दिइएको थियो ।

‘त्यसबेला त उनीहरुलाई प्रहरीले छाड्यो छाड्यो, पछिसम्म पनि कुँवर सा’ब गिरोहका सदस्यसँग नियमित सम्पर्कमा रहेको तथ्य फेला परेको छ’, अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘कतिसम्म भने कुँवर सा’बले यो प्रकरणको फाइल नै केही समयसम्म लुकाएको समेत पाइएको छ ।’
‘आईजीपी सा’ब (त्यसबेला धिरजप्रताप सिंह आईजीपी थिए) सा’बले वसन्त सा’बलाई सन्देश शर्मालाई पक्राउ नगरी इन्द्रजितलाई केही नगर्नु भन्नु भएको छ रे’, दुलालले भनेका छन् ।

त्यसबेला अनुसन्धानका क्रममा पक्राउ पूर्जी जारी भएका विषयहरु पनि गिरोहका सदस्यसम्म पुग्ने गरेको म्यासेज विवरणबाट देखिन्छ ।

हाल प्रहरी महानिरीक्षक रहेका कुँवर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) का रुपमा उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको प्रमुख छँदा १८ जेठ २०७९ मा यो प्रकरणबारे पहिलो पटक उजुरी परेको थियो ।

गृह मन्त्रालयका उच्च अधिकारीहरुसँग सम्पर्क रहेको व्यहोरासहित जाहेरी परेपछि प्रहरीले अनुसन्धानका लागि ललितपुरका सानु भण्डारी र पाँचथरका टंक गुरुङलाई नियन्त्रणमा लिएको थियो ।

त्यही दिन जिल्ला अदालत, काठमाडौंबाट पक्राउ पूर्जी लिएर पक्राउ गरिएका उनीहरुलाई तत्कालीन कार्यालय प्रमुख कुँवरले केही घन्टामै गृह मन्त्रालयको दबाबमा छाडेको खुलेको छ । उनीहरुलाई छाडेर कार्यालयको अभिलेखबाट समेत सबै विवरण मेटाएको भेटिएको छ ।

उनीहरु पक्राउ परेर नियन्त्रणमा रहे त्यसबाट गृह मन्त्रालयसम्मको नेक्सस खुल्ने भएपछि कुँवरमार्फत उनीहरुलाई छाड्न दबाब दिइएको थियो ।

‘त्यसबेला त उनीहरुलाई प्रहरीले छाड्यो छाड्यो, पछिसम्म पनि कुँवर साब गिरोहका सदस्यसँग नियमित सम्पर्कमा रहेको तथ्य फेला परेको छ’, अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘कतिसम्म भने कुँवर सा’बले यो प्रकरणको फाइल नै केही समयसम्म लुकाएको समेत पाइएको छ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै