एघारौंपटकमा प्रधानमन्त्री प्रचण्ड नेतृत्वको मन्त्रीमण्डल पूर्ण

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एघारौंपटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। पुस १० गते प्रधानमन्त्री भएका प्रचण्डले ६ महिनामा ११औं पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन्।
मंगलबार जनता समाजवादी पार्टी (जसपा) बाट वीरेन्द्र महतो वन तथा वातावरण मन्त्री बनेका छन् सोही पार्टीकी प्रमिला कुमारी राज्यमन्त्री बनेकी छिन्।
प्रचण्ड २०७९ पुस १० गते एमालेको समर्थनमा प्रधानमन्त्री बनेका थिए। उक्त गठबन्धनमा रहेकै समयमा उनले ६ पटक मन्त्रिपरिषद् विस्तार गरिसकेका थिए।
राष्ट्रपति निर्वाचनपछि गठबन्धन फेरेर नेपाली कांग्रेससहितको गठबन्धनमै फर्किए। योसँगै एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा सरकारबाट बाहिरिए।
प्रचण्डसँग सरकारमा जसपा थपिएसँगै मन्त्रिपरिषद्मा सहभागी दलको संख्या ७ पुगेको छ। सरकारमा माओवादी केन्द्र, नेपाली कांग्रेस, एकीकृत समाजवादी, जसपा, लोसपा, नागरिक उन्मुक्ति पार्टी र नेसपा रहेका छन्।