आज देखि संसदमा सरकारको नीति तथा कार्यक्रम माथी छलफल सुुरु हुदै – Nepalboli

आज देखि संसदमा सरकारको नीति तथा कार्यक्रम माथी छलफल सुुरु हुदै

   २०८० जेष्ठ ७, आईतवार  

एमाले अध्यक्ष ओली आज बोल्ने

सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा छलफल सुरु हुँदैछ । छलफलका लागि आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ । सरकारको वार्षिक कार्यदिशासमेत मानिने नीति तथा कार्यक्रमलाई राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते संघीय संसदमा प्रस्तुत गरेका थिए ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । साथै नीति तथा कार्यक्रममाथि सांसदहरुबाट प्राप्त संशोधनहरु पनि प्रस्तुत हुनेछ ।

आर्थिक वर्ष २०८०र८१ नीति तथा कार्यक्रममाथि आजदेखि जेठ ११ गतेसम्म छलफलका लागि समय तोकिएको छ । छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नहरुको प्रधानमन्त्री प्रचण्डले जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित हुनेछ । त्यसपछि जेठ १५ गते सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्नेछ ।

यसै गरि सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि भाग लिंदै आफनो भनाइहरु राख्दै छन ।

यसअघि उनले जेठ ४ गते नै संसदमा सम्बोधन गर्ने भनिएको थियो । तर स्वास्थ्य समस्याका कारण सो दिन सम्बोधन नगरेका ओलीले आज सम्बोधन गर्न लागेका हुन् ।

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारको नीति तथा कार्यक्रममा केन्द्रित भएर अध्यक्ष ओलीले आजको प्रतिनिधि सभामा सम्बोधन गर्ने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै