शरणार्थी प्रकरणमा पक्राउ परेका १४ जनालाई नै थप तीन दिन हिरासतमा राख्न अनुमति – Nepalboli

शरणार्थी प्रकरणमा पक्राउ परेका १४ जनालाई नै थप तीन दिन हिरासतमा राख्न अनुमति

   २०८० जेष्ठ ३, बुधबार  

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १४ जनालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । पूर्व गृहमन्त्री बालकृष्ण खाँड, पूर्व उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीसहित १४ जनालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको हो ।

आजसम्म पक्राउ परेका १३ जनाको बयान जिल्ला सरकारी वकिलको कार्यालयमा सकिएको छ । बयान नसकिएकाले अनुसन्धानका लागि तीन दिनको म्याद थप गरिएको काठमाडौं प्रहरी परीसरका प्रवक्ता सीताराम रिजालले बताए । पक्राउ पुर्जी जारी भएका दुई जना अझै फरार छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै