परराष्ट्र मन्त्री एनपि साउद र भारतीय समकक्षी एस जयशंकर बीच भेटवार्ता – Nepalboli

परराष्ट्र मन्त्री एनपि साउद र भारतीय समकक्षी एस जयशंकर बीच भेटवार्ता

   २९ बैशाख २०८०, शुक्रबार  

परराष्ट्र मन्त्री एनपी साउद र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता भएको छ।बंगलादेशको ढाकामा जारी इन्डियन ओसन कन्फरेन्सका क्रममा शुक्रबार साउद र जयशंकरबीच भेट भएको हो।

भेटमा आफूलाई साउदलाई नयाँ जिम्मेवारीका लागि बधाई दिएको जयशंकरले जानकारी दिएका छन्। साउदसँगको भेटबारे ट्विट गर्दै उनले तीव्र गतिमा बढिरहेको नेपाल भारत सहकार्यको आगामी कदमबारे छलफल भएको उल्लेख गरेका छन्।

उनले साउदसँग ऊर्जा, सम्पर्क सञ्जाल र सदियौं पुरानो जनसम्बन्धबारे कुरा भएको जानकारी दिएका छन्।

जयशंकरले गरेको ट्विटलाई रिट्विट गर्दै मन्त्री साउदले मजबुद् द्वीपक्षीय सम्बन्धका लागि काम गर्न आफू तयार रहेको बताएका छन्।

साउद परराष्ट्र मन्त्री बनेपछि पहिलो पटक भारतीय समकक्षीसँग उनको भेट भएको हो।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै