नागरिकता विधेयक बारेमा कांग्रेस पदाधिकारी बैठकमा छलफल
नेपाली कांग्रेसमा अलपत्र रहेको नागरिकता विद्येयक वारेमा छलफल सुुरु भएको छ । पछिल्लो केहि दिन यता राष्टपति रामचन्द्र पौडेल पनि यस वारेमा छलफल प्रारम्भ गरेका छन । शुक्रबार बसेको पदाधिकारी बैठकमा समसामयिक राजनीतिदेखि नागरिकता विधेयकबारे पनि छलफल भएको काग्रेसले जनाएको छ ।
कांग्रेसका सहमहामन्त्री जीवन परियारले कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा बजेट अधिवेशन, विभिन्न प्रदेश सरकारले बजेट ल्याउने गरेको तयारी लगायतका नागरिकता विद्येयक वारेमा विषयमा छलफल भएको बताए ।
दुवै सदनबाट पारित भएर गएको नागरिकता विधेयक राष्ट्रपति कार्यालयमा थन्किएको भन्दै परियारले भने, “राष्ट्रपति कार्यालयमा नागरिकता विधेयक थन्केर बसेको छ। यस विषयमा पनि गम्भीर छलफल, केही दिन अगाडि प्रधानमन्त्री निवासमा महान्यायधीवक्ता, पूर्व महान्यायधीवक्ता र कानुनका विज्ञ राखेर प्रधानमन्त्रीले छलफल गर्नुभयो। राष्ट्रपतिले पनि केही विज्ञसँग परामर्श गरिरहनुभएको कुरा पनि आएको छ। नेपालको वर्तमान संविधानले नागरिकता विधेयकका सन्दर्भमा राष्ट्रपतिले सदनबाट पारित भएर गएका विधेयकलाई १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधनिक व्यवस्था छ।”
उहाँले राष्ट्रपतिलाई केही लागेको सन्दर्भमा राष्ट्रपतिले रायसहित सदनमा सो विधेयक फर्काउने व्यवस्था रहेको बताउनुभयो। “त्यसकारणले दुवै सदनले पारित गरेको विधेयक किन प्रमाणीकरण गर्नुभएन। यसका लागि कसरी वातावरण तय गर्न सकिन्छ, राष्ट्रय सहमति गर्न सकिन्छ, सदनबाटै कुनै खालको पत्राचार गर्ने हो कि, या कसरी जाने हो भनेर विज्ञसँग परामर्श गर्ने कुरा चलेको छ”, उहाँले थप भन्नुभयो।
नागरिकता विद्येयक संगै बैठकमा बजेट अधिवेशनको सन्दर्भ, विभिन्न प्रदेशमा सरकारले बजेट ल्याउने तयारी भएको छ। विशेषगरी कोशी प्रदेश प्रदेशमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को सरकार चलिरहेको छ, यसका बारेमा पनि गम्भीर रुपमा छलफल गर्यौं।” यस विषयमा गठबन्धनका दलसँग परामर्श गरेर कोशी प्रदेशसँग कसरी सरकारको तालमेल गराउने भन्ने विषयमा छलफल भएको उहाँको भनाइ छ।