संयुक्त राष्टसंघिय मान्यता विपरित ६ अर्बको चिनियाँ हतियार किन्दै नेपाली सेना
संयुुक्त राष्टसंघिय मान्यता विपरित नेपाली सेनाले चिनवाट ६अर्बको हतियार किन्ने तयारी गरे पछि त्यसको चौतर्फी विरोध भएको छ । नेपाली सेना युएनको मिशनहरुमा समेत महत्वपुर्ण अवसरहरु पाईराखेको वखत युुएनकै मान्यता विपरित चिनवाट नेपाली सेना ६अर्बको हतियार किन्ने भए पछि त्यसको विरोध समेत भएको छ ।
हुनत सेना माथी नाफागत व्यवसायमा आफ्नो संलग्नता बढाएको आरोप खेपिरहेको वेला कमिशनको लोभमा प्रक्रिया मिचेर चीनबाट ६ अर्ब रुपैयाँ बराबरको हतियार खरिद गर्ने तयारी गरेको पनि आरोप सार्वजनिक रुपमा लागेको छ ।
सैनिक स्रोतका अनुसार नेपाली सेनाले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको आगमनसँगै एजेन्ट लोकेन्द्र कार्कीमार्फत ६ अर्ब रुपैयाँ बराबरको चिनियाँ हतियार किन्ने तयारी गरेको रहस्य खुलेको हो। खडकाको यो करणमा विरोध हुन थाले पछि उनको हतियार किन्ने काममा आफनो संग्लना नरहेको स्पिष्टकरण नै दिनु परेको छ ।
चीनबाट एकैपटक ठूलो परिणाममा हतियार खरिद गर्ने भएपछि स्थानीय पुरानो एजेन्ट नै परिवर्तन गर्दै नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीका भाइ लोकेन्द्र कार्कीमार्फत हतियार ल्याउन लागिएको स्रोतको दाबी छ। स्रोतका अनुसार बिना प्रतिस्पर्धा सेनाले गोप्य रुपमा परराष्ट्र मन्त्रालयको सल्लाहबिना सिधै चिनियाँ दूतावासलाई पत्र पठाएर चीनबाट २६ वटा एपीसी र ७२ वटा ट्याक्टीकल भेइकल खरिद गर्न लागेको हो।
स्रोत भन्छ, ‘पारदर्शी प्रक्रिया नै नअपनाई सुटुक्क नेपालस्थित चिनियाँ दूतावासमार्फत् कोटेशन मगाएर महंगोमै स्वीकृति लिएर हतियार खरिद गरिँदै छ।’ जसमा चार करोड पनि नपर्ने एपीसीको मूल्य सात करोड ७५ लाख राखिएको छ।
हतियारको विषयमा चिनियाँ कम्पनीसँग डिल गर्ने नेपालस्थित प्रतिनिधि लोकेन्द्र कार्कीले समेत हतियार खरिदका विषयमा आफूलाई थाहा नभएको बताए। उनले यसमा आफ्नो संलग्नता नरहेको दाबी गरेका हुन्। उनले भने, ‘मलाई यो विषयमा केही जानकारी छैन। म यसअघि नेपाली सेनासँग जोडिएर अरु केही काम गरेका कारण यस पटक पनि मेरो नाम आएको हुनसक्छ। तर मलाई अहिले यो विषयमा केही थाहा छैन। म हतियार किन्ने विषयमा कतैबाट पनि संलग्न छैन।’ कार्कीले आफ्नो सिंगापुर लगायत देशमा ‘विजनेश’ भएको र धेरैजसो समय उतै रहने र अहिले सेनासँग कुनै पनि काम नगरेको सुनाए।