सरकारले खुला गर्‍यो जग्गा कित्ताकाट – Nepalboli

सरकारले खुला गर्‍यो जग्गा कित्ताकाट

   ५ बैशाख २०८०, मंगलवार  

सरकारले जग्गा कित्ताकाट खुला गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले लामो समयदेखि रोकिएको जग्गा कित्ताकाट खुला गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले बताइन्।

उनले सरकारले भू–उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय गरेको भन्दै नियमावली पास भएसँगै जग्गा कित्ताकाट खुला भएको बताइन्।

भू–उपयोग नियमावली नबनेका कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबण्डा रोकिएकाले त्यसलाई सहज बनाउनको लागि मन्त्रिपरिषद्ले भू–उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृत गर्ने निर्णय गरेको पनि उनले बताइन्।

उनले भनिनन्, ‘भू–उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय भएको छ। नियमावली नबनेको कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबण्डा रोकिएको थियो। त्यसलाई सहज बनाउनको लागि मन्त्रिपरिषद्ले भू–उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृत गर्ने निर्णय गरेको हो।’

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै