‘मिटरब्याज पीडित’लाई खुलामञ्चमा ‘नो इन्ट्री’ – Nepalboli

‘मिटरब्याज पीडित’लाई खुलामञ्चमा ‘नो इन्ट्री’

   १३ चैत्र २०७९, सोमबार  

न्यायको लागि भन्दै १० दिन हिँडेर काठमाडौं आएका मिटरब्याज पीडितहरुको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ। मधेस प्रदेशका विभिन्न जिल्लाबाट १० दिनको पैदल यात्रा गरी काठमाडौं आएका मिटरब्याज पीडितहरुलाई प्रहरीले खुलामञ्ज जान रोक लगाएको छ।

विभिन्न ‘प्ले कार्ड’सहित उपस्थित भएका मिटरब्याज पीडितहरुलाई महानगरको प्रहरी टोली र नेपाल प्रहरीले खुलामञ्च जान रोकेको हो।

यता, काठमाडौं महानगरपालिकाले मिटर ब्याजीहरुविरुद्धको आन्दोलनमा प्रतिबद्धता जनाउँदै शान्तिबाटिकामा आन्दोलन गर्ने प्रबन्ध मिलाएको जनाएको छ।

खुलामञ्चमा गएर आन्दोलन गर्न खोजेका उनीहरुलाई रोक्दै शान्तिबाटिकामा प्रबन्ध गरेको मेयर बालेन शाहले जनाएका छन्।

काठमाडौं आइपुगेका मिटरब्याज र लघुवित्त पीडितहरुलाई काठमाडौं बसुन्जेल पशुपति धर्मशालामा बास र खानको व्यवस्थापन गर्न आफू तत्पर भएर सोमबार बिहानै उनीहरुसँग सम्पर्क समेत गरेको उनले ताएका छन्। उनले भने, ‘उहाँहरुसँग सम्पर्क गरेर हामीले पशुपति जान अग्रह गर्‍यौं। तर, उहाँहरु खुल्लामञ्चमै बस्न खोज्नुभयो। हामीले सम्झाएर रत्नपार्कको शान्तीबाटिकामा आन्दोलन गर्न प्रबन्ध गरेको छौं र उहाँहरुको मागप्रति ऐक्यवद्धता जनाउँदै नेपाल सरकारसमक्ष उहाँहरुको समस्या समाधानको लागि जोडदार माग राख्दछौं।’

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै