दोस्रो पटक प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत – Nepalboli

दोस्रो पटक प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

   ६ चैत्र २०७९, सोमबार  

प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन्।

नेकपा एमाले र राप्रपा सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री सोमबार दोस्रो पटक विश्वासको मत लिएका हुन्।

प्रधानमन्त्री प्रचण्डलाई नेपाली कांग्रेससहित १० राजनीतिक दलहरूले समर्थन दिएका छन् भने एमाले, राप्रपासहित केही साना र स्वतन्त्र सासंदहरू विश्वासको मतको विपक्षमा उभिएका छन्। २६२ सांसद उपस्थित रहेकोमा प्रधानमन्त्री प्रचण्डको पक्षमा १७२ मत र विपक्षमा ८९ मत परेको छ। एक मत कतै परेन।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै