उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक

निर्वाचन आयोगले ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गरेको छ । शनिबार भएको उम्मेदवारी मनोयनपछि आयोगले आइतबार अन्तिम नामावली सार्वजनिक गरेको हो।
आयोगले प्रकाशन गरेको अन्तिम नामावलीमा मनोनयन गरेका चारै जना उम्मेदवारको नाम छ। आयोगको अन्तिम नामावलीमा जसपाका रामसहाय यादव र प्रमिला कुमारी यादव, जनमत पार्टीका ममता झा र नेकपा एमालेका अष्टलक्ष्मी शाक्यको नाम उल्लेख छ।
जसपाका दुई जना उम्मेदवारमध्ये एक जनाको फिर्ता लिने चर्चा भए पनि नाम फिर्ता भएको छैन। सतारुढ दलहरु र जसपा समेतको बैठकमा छलफल भएपछि जसपाका दुई वटै उम्मेदवारको नाम आयोगको अन्तिम नामावलीमा राखिएको हो।