लोसपाले राष्ट्रपति उम्मेदवारमा अध्यक्ष महन्थ ठाकुर अघि सार्ने

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपति उम्मेदवार बनाउने गरि पहल थालेको छ । २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागी आउदो शनिवार उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ । उम्मेदवारी दर्ताको समय नजिक आए संगै लोसपाले माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओली संग मगलवार छुटा छुटै संवाद छलफल गरेका छन ।
लोसपाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संग पनि वुधवार छलफल गर्दै छ । बुधवार लोसपाको कार्यकारणी समिति बैठक समेत बोलाइएको छ ।
लोसपा वरिष्ठ नेता शरदसिह भण्डारीले सर्वसम्मत राष्ट्रपतिको कुरा उठे पछि लोसपा अध्यक्ष ठाकुर जतीको सर्वसम्मत उम्मेदवार अन्य कुनै पनि नेताहरु हुन नसक्ने भन्दै त्यसका लागी पहल थालिएको बताए । आफुहरुको पार्टी अध्यक्ष ठाकुर नेपालको वर्तमान राजनिती मै सबै भन्द्या पुराना र निखारिएका तथा स्वच्छ छविका नेता भएकाले अन्य दलहरुले पनि समर्थन गरेर सर्वसम्मत बनाउने अपेक्षा आफुहरु राखेको भण्डारीले बताए ।