चितवन–२ मा हुने उपनिर्वाचनका लागी निर्वाचन कार्यतालिका सार्वजनिक
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ का तत्कालीन सांसद रवि लामिछानलाई सर्वोच्च अदालतले अयोग्य घोषित गर्दै सांसद पद खारेज गरेपछि निर्वाचन आयोगले २०८० बैशाख १० मा उपनिर्वाचन गर्ने घोषणा गरिसकेको छ।
यसका लागि आयोगले निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरेको छ। आयोगले सार्वजनिक गरेको कार्यक्रम अनुसार फागुन १ गतेदेखि चैत्र १६ गतेसम्मका लागि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन भइरहेको छ।
त्यसैगरी उम्मेदवारको मनोनयन दर्ता भने २०७९ चैत २० गते हुने छ। उम्मेदवारको विरोधमा उजुरी दिने चैत २१ गते, र मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली आयोगले चैत २२ गते प्रकाशन गर्ने छ।
यस्तै, उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम भने चैत २३ गते हुने निर्वाचन आयोगले जनाएको छ।
यता, नागरिकता प्रकरणपछि सांसद् पद गुमाएका लामिछानेले पुन नागरिकता प्राप्ति गरिसेकपछि भने उक्त पार्टीबाट उनै उम्मेदवार हुने घोषणा पार्टीले गरिसकेको छ।