उपसभामुख चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक – Nepalboli

उपसभामुख चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक

   २०७९ माघ ५, बिहीबार  

प्रतिनिधि सभाको उपसभामुख चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ।

प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार शुक्रबार (माघ ६ गते) उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने कार्यक्रम छ। शुक्रबार दिउँसो १ बजेदेखि ४ बजेसम्म, संघीय संसद्‌ भवनको ल्होत्से भवनमा उम्मेदवारी मनोनयन गरिने छ।

यस्तै, शुक्रबार नै अपराह्न ४ः१५ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिने छ।  उपसभामुख चयनका लागि पुस ७ गते (शनिबार) को प्रतिनिधि सभा बैठकमा मत विभाजन लगायतको प्रक्रिया हुनेछ।

 

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै