उपसभामुख चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक
![](https://www.nepalboli.com/wp-content/uploads/2023/01/Parliament_Meeting1673351291.jpg)
प्रतिनिधि सभाको उपसभामुख चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ।
प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार शुक्रबार (माघ ६ गते) उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने कार्यक्रम छ। शुक्रबार दिउँसो १ बजेदेखि ४ बजेसम्म, संघीय संसद् भवनको ल्होत्से भवनमा उम्मेदवारी मनोनयन गरिने छ।
यस्तै, शुक्रबार नै अपराह्न ४ः१५ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिने छ। उपसभामुख चयनका लागि पुस ७ गते (शनिबार) को प्रतिनिधि सभा बैठकमा मत विभाजन लगायतको प्रक्रिया हुनेछ।