भोली सम्ममा सरकारको न्यूनमत साझा कार्यक्रमलाई अन्तिम रुप दिदै सतारुढ दलहरु

सत्ता साझेदार दलका शीर्ष नेताहरुको आज बसेको बैठकमा सरकारको न्यूनमत साझा कार्यक्रमबारे छलफल भएको छ । । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रम र सरकारले जनताको जनजीविकालाई सहज बनाउने गरी गर्न सकिने कामबारे छलफल भएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहलाई चुस्त बनाउने विषयलाई प्राथमिकता दिएर न्यूनमत साझा कार्यक्रमलाई भोलिसम्म अन्तिम रुप दिने छलफल भएको बैठकपछि उप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिए ।
आजको बैठकमा केन्द्र र प्रदेश सरकारको मन्त्रालय बाँडफाँटबारेसमेत छलफल भएको उनले बताए । उनले मन्त्रालय फुटाउने पक्षमा सरकार नरहेको स्पष्ट पारे ।