माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा ८ सदस्यीय नयां मन्त्रीमण्डलको गठन
नेपाल बोली
११ पुष २०७९, सोमबार
नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा ८ सदस्यीय मन्त्रीमण्डल गठन भएको छ। प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री तथा अर्थमन्त्रीमा विष्णु पौडेल, उपप्रधानमन्त्री तथा भौतिक मन्त्रालयमा नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री तथा गृह मन्त्रालयमा रवि लामिछाने नियुक्त भएका छन्।
यस्तै, अन्य मन्त्रीहरुमा एमालेबाट ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राई, जनमत पार्टीबाट अब्दुल्ल खान छन्। उपप्रधानमन्त्री बाहेक अन्य मन्त्रीहरुलाई कार्यभार तोकिएको छैन।
नवनियुक्त प्रधानमन्त्री, उपप्रधानमन्त्री सहित मन्त्रीहरुलाई सोमवार दिउसो राष्टपति कार्यलयमा सपथ ग्रहण गरेका छन । सपथ लिए पछि प्रधानमन्त्री सहित अन्य सबै मन्त्रीहरु सोमवार नै आ आफनो कार्यभार सम्हालेका छन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै