निर्वाचन आयोगद्धारा राष्ट्रपतिसमक्ष निर्वाचन परिणाम प्रतिवेदन पेश
निर्वाचन आयोगले प्रतिनिधि सभाको अन्तिम निर्वाचन परिणाम प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएको छ। आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिवेदन बुझाएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष निर्वाचन आयोगका माननीय प्रमुख निर्वाचन आयुक्त श्री दिनेश कुमार थपलियाबाट प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम “प्रतिनिधि सभा सदस्य निर्वाचन, २०७९ निर्वाचन परिणाम सहितको प्रतिवेदन पेस गर्नु भयो,’ राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रदेश सभाको निर्वाचन प्रतिवेदन भने आयोगले पुष २ गते सम्बन्धित प्रदेश प्रमुखसमक्ष बुझाउने बताएको छ ।
यसैगरि आयोगले विहवार नै उपराष्ट्रपति र प्रधानमन्त्रीलाई निर्वाचन नतिजाको प्रतिवेदन पेश गरेका छन । राष्ट्रपति काहा औपचारिक रुपमा निर्वाचन परिणाम पेश भए पछि अव नयां सरकार गठन र नयां संसदको बैठक प्रारम्भ गर्ने प्रक्रिया सुुरु हुन्छ ।