भारत सरकारद्धारा दशवटा प्रिफ्याब्रिकेटेड स्टील ब्रिज (पुल)का पार्टपुर्जा नेपाललाई हस्तान्तरण – Nepalboli

भारत सरकारद्धारा दशवटा प्रिफ्याब्रिकेटेड स्टील ब्रिज (पुल)का पार्टपुर्जा नेपाललाई हस्तान्तरण

   २०८१ आश्विन २३, बुधबार  

बाढी पहिरोवाट क्षतीग्रस्त पुलहरु संचालनमा ल्याउनका लागी भारत सरकारले आज दशवटा प्रिफ्याब्रिकेटेड स्टील ब्रिज (पुल) का पार्टपुर्जाको पहिलो खेप नेपाल सरकारलाई हस्तान्तरण गरेका छ । नेपाल सरकारबाट अनुरोध गरिए पश्चात भारत सरकारले हालै आएको बाढी र पहिरोका कारण अवरुद्ध भएको सडक कनेक्टिभिटीलाई पुनर्स्थापना गर्न उक्त सहयोग अनुदानमा नेपाललाई उपलब्ध गराएका छन । पुनर्निर्माण प्रयासलाई भारत सरकारले थप सहयोग जारी राख्ने पनि जनाएका छ ।

नेपाली ३८ करोडभन्दा बढी मूल्यका यी पुलका पार्टपुर्जाहरु भारत सरकारले अनुदानको रुपमा प्रदान गरेको हो । यी सामानहरु वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत श्री देवी सहाय मीनाले पर्साका प्रमुख जिल्ला अधिकारी श्री दिनेश सागर भुसाललाई आज हस्तान्तरण गरेका हुन ।

प्रिफ्याब्रिकेटेड स्टील ब्रिजका बाँकी खेपहरु आगामी दिनमा नेपाल सरकारलाई उपलब्ध गराइने नेपाल स्थित भारतीय दुतावासले जनाएको छ ।

नेपालमा हालै आएको बाढी र पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न पछिल्लो दुई दिनमा भारतले अत्यावश्यक सरसफाई सामाग्री, औषधी, लाइफ ज्याकेट, स्लीपिङ्ग म्याट, खाद्यवस्तु, इन्फ्लेटेबल रबर बोट, मोटर, टारपोलिन, स्लीपिङ्ग ब्याग, कम्बल, क्लोरिन ट्याब्लेट र पानीका बोतल सहितको २५ टनभन्दा बढीको राहत सामाग्री उपलब्ध गराई मानवीय सहयोग गरेको छ ।

भारत सरकार नेपाल सरकार र नेपाली जनताको आवश्यकता अनुसार राहत सामाग्री र पुनर्निर्माण प्रयासमा हरसम्भव सहयोग गर्न प्रतिबद्ध रहेको दुतावासले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै