पदाधिकारीहरुलाई प्रचण्डको ब्रिफिङ-निर्वाचनमा सोचेजति नतिजा आएन – Nepalboli

पदाधिकारीहरुलाई प्रचण्डको ब्रिफिङ-निर्वाचनमा सोचेजति नतिजा आएन

   १८ मंसिर २०७९, आईतवार  

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सोचेजति नतिजा नआएको बताएका छन् । निर्वाचनपछि केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिवार बसेको पार्टी पदाधिकारी बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

बैठकमा अध्यक्ष प्रचण्डले प्रतिनिधिसभामा सोजेजति सिट नआएपनि प्रदेशमा भने सन्तोषजनक नतिजा आएको बताए । बैठकमा उनले भने– ‘हामीले गठबन्धन गरेर राम्रै नतिजा आउँछ भन्ने थियो । सोचेजति सिट आएन प्रदेशमा सन्तोषजनक नतिजा आयो । हामीलाई संघमा ३० सिटभन्दा बढी आउँछ कि भन्ने थियो तर आएन । हामीले सोचेभन्दा १०–१२ सिट कम आयो । कांग्रेसबाट जति भोट ट्रान्सर्फर हुनुपर्ने हो भएन । अरु स्वतन्त्र भन्नेहरू आए । अब आफ्नै पार्टी बलियो र व्यवस्थित बनाउनुको विकल्प छैन ।’

बैठकमा अध्यक्ष प्रचण्डले अहिले जेजति सिट आएको छ त्यसलाई लिएर गठबन्धनकै सरकार बनाउनुपर्नेमा जोड दिएको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले जानकारी दिए । ‘अब अरू विकल्प खोज्नेतिर जानु हुन्न । गठबन्धनको भागवण्डा सहमतिमा प्याकेजमा टुङ्गो लगाउनुपर्छ भन्ने अध्यक्षको भनाई छ’ प्रचण्डको भनाई उदृत गर्दै पौडेलले भने ।
बैठक आइतवार पनि बस्दै छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै