भारतीय स्थल सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथी पद प्रदान

नेपाल भ्रमणमा रहेका भारतीय सेनाका प्रमुख मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी प्रदान गरिएको छ।
सोमबार दिउँसो राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी प्रदान गरेकी हुन्।
नेपाल र भारतबीच एक-अर्काका सेना प्रमुखलाई मानार्थ महारथीको पदवी दिने प्रचलन छ।
केही महिनाअघि भारतीय सेना प्रमुख नियुक्त भएका पाण्डे पाँच दिने भ्रमणका लागि आइतबार काठमाडौं आएका थिए।
उक्त समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवासहित उच्च पदस्थअधिकारीहरुको सहभागिता थियो । नेपाल भ्रमणको सिलसिलामा पाण्डे आइतबार नेपाल आएका हुन् । नेपाल–भारतबीच सैन्य प्रमुखलाई भ्रमणको क्रममा मानार्थ महारथी पद दिने प्रचलन रहिआएको छ ।