भारत सरकारको अनुदानमा रुपन्देहीको रोहिणी-धकधईमा विद्यालय निर्माण – Nepalboli

भारत सरकारको अनुदानमा रुपन्देहीको रोहिणी-धकधईमा विद्यालय निर्माण

   १८ भाद्र २०७९, शनिबार  

भारत सरकारको आर्थिक सहयोगमा रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका, धकधईमा रहेको श्री राम नरेश यादव आदर्श माध्यमिक विद्यालयका लागि निर्माण सम्पन्न भएको छ । निर्माण गरिएको नयां विद्यालयको भवनको शनिवार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र नेपाल सरकारका गृह मन्त्री बालकृष्ण खाणले संयुक्त रुपमा उद्धघाटन गरेका छन ।

भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा नेरु २ करोड ९ लाख लागतमा यो विद्यालय निर्माण सम्पन्न भएको छ ।

२००३ यता भारतले नेपालमा ५३२ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७५ वटा परियोजना सम्पन्न भइसकेका छन् । ती मध्ये रुपन्देही जिल्लाका १२ गरी लुम्बिनी प्रदेशमा ६० वटा रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै