उदयपुरमा एकै परिवारका तीन जनाको हत्या
नेपाल बोली
१७ भाद्र २०७९, शुक्रबार
उदयपुरको बेलका नगरपालिकामा एकै परिवारका तीन जनाको हत्या भएको छ । शुक्रबार बिहान एकै परिवारका बाबु, आमा र छोराको शव भेटिएपछि हत्या भएको खुलेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राकेश पोदारका अनुसार बेलका नगरपालिका ७ को मैनामैनीमा भएको घटनामा बाबु, आमा र छोराको शव भेटिएको हो ।
प्रहरी उपरीक्षक पोदारका अनुसार ३७ वर्षीय राजकुमार बस्नेत, उहाँकी श्रीमती ३० वर्षीया सरिता बस्नेत र छोरा १२ वर्षीया सुजन बस्नेतको शव भेटिएको हो । प्रहरीले घटनामा संलग्न भएको आरोपमा एक जनालाई नियन्त्रणमा लिएको छ । अनुसन्धानका लागि स्थानीय ४० वर्षीय नरबहादुर बस्नेतलाई नियन्त्रणमा उहाँको भनाइ छ ।
घटनाको अनुसन्धान सुरु गरेको प्रहरी नायव उपरीक्षक पोदारले जानकारी दिनुभयो । विभत्स हत्यापछि शव खेत र खोला किनारमा फालेको अवस्थामा संकलन गरिएको उहाँले बताउनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै