आज सकिएन निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेरको बयान, बिहिवार पनि बयान हुने – Nepalboli

आज सकिएन निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेरको बयान, बिहिवार पनि बयान हुने

   १५ भाद्र २०७९, बुधबार  

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालले महाअभियोगमा आज लिएको बयान ‘हेर्दाहेर्दै’मा राखिएको छ। आज मध्यान्हदेखि सुरु भएको बयान नसकिएपछि भोलिलाई पनि राखिएको हो। भोलि बिहान ११ बजे बयानको लागि बोलाइएको समितिका एक सदस्यले जानकारी दिए।

फागुन १ गते जबराविरुद्ध महाअभियोग दर्ता भएको थियो। फागुन २२ गते ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन भएकोमा समितिले बुधवारका लागि जबरालाई बयान दिन बोलाएको हो।

उनीमाथि विभिन्न २१ वटा आरोप लगाएर महाअभियोग दर्ता गरिएको थियो। महाअभियोग दर्ता भएपछि जबरा निलम्बनमा परेका थिए। समितले आज बिहान ११ बजे बयानको लागि बोलाएको थियो।

बुधवार महाअभियोग सिफारिस समितिको बैठकमा आफूमाथि लागेको अभियोगको जवाफ दिँदै उनले आफूले कानुन बाहिर गएर काम नगरेको दाबी गर्दै प्रक्रियामा नै प्रश्न उठाएका हुन्।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै