समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन आयोगमा ७६ दलको निवेदन – Nepalboli

समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन आयोगमा ७६ दलको निवेदन

   १३ भाद्र २०७९, सोमबार  

आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक प्रणालीतर्फ भाग लिन विभिन्न ७६ दलका ६८ वटा निवेदन परेको निर्वाचन आयोगले जनाएको छ । आयोगका उपसचिव तथा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले सोमबार विज्ञप्ति प्रकाशित गरी सो जानकारी दिनुभएको हो ।

“आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिनका लागि विभिन्न ७६ वटा दलबाट ६८ वटा निवेदन परेका छन्” सहायक प्रवक्ता अर्यालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश १ मा विभिन्न ६३ वटा दलबाट ५५ वटा निवेदन परेका छन् ।”

सोहीअनुसार मधेस प्रदेशमा ६७ वटा दलबाट ५९ वटा निवेदन, बागमती प्रदेशमा ६६ वटा दलबाट ५८ वटा निवेदन, गण्डकी प्रदेशमा ६० वटा दलबाट ५२ वटा निवेदन, लुम्बिनी प्रदेशमा ६२ वटा दलबाट ५४ वटा निवेदन, कर्णाली प्रदेशमा ५७ वटा दलबाट ४९ वटा निवेदन र सुदूरपश्चिम प्रदेशमा ५८ वटा दलबाट ५० वटा निवेदन परेको सहायक प्रवक्ता अर्यालले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै