तीन दिवसीय नेपालको अन्तर्राष्ट्रिय सम्बन्धवारे अन्तर्राष्ट्रिय सम्मेलन आज देखि सुुरु
नीति अनुसन्धान प्रतिष्ठानको आयोजजामा आज देखि नेपालको अन्तर्राष्ट्रिय सम्बन्धवारे अन्तर्राष्ट्रिय सम्मेलन सुुरु भएको छ । सम्मेलनको उद्धघाटन शुक्रवार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्धघाटन सुुरु गरेका छन । उद्धघाटन कार्यक्रममा प्रधानमन्त्री देउवा संगै परराष्ट मन्त्री सहित नेपालका लागी कार्यवाहक अमेरिकन राजदुत र इजराईली राजदुत लगायतका उपस्थिती थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको सम्मेलनमा को समापन कार्यक्रम आइतवार साझ पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने छन । सम्मेलनमा अन्तर्राष्ट्रिय सम्बन्धमा अध्ययन र कार्य गरिरहेका ४० वर्षमुनिका विज्ञहरू सहभागी छन् । भारतबाट ३८ जना विज्ञ आएका छन भने नेपालका पनि चार दर्जन जती विज्ञहरु सम्मेलनमा सहभागी छन् ।
नेपालले भविष्यमा कस्ता नीतिहरूको आधारमा विश्वलाई हेर्ने भन्ने विषयमा सम्मेलनमा विभिन्न सत्रमा छलफल हुने प्रतिष्ठानका निर्देशक दिपक कुमार अधिकारीले बताए । नयाँ विश्व व्यवस्थामा नेपालको विदेश नीतिबारे कार्यक्रमले दिशानिर्देश गर्ने निर्देशक अधिकारीले जानकारी दिए ।
सम्मेलनमा वातावरण, संस्कृति, विश्व राजनीति, सुरक्षा, शान्ति, स्थिरता, व्यापार, प्रविधिलगायतका विषयमा बेग्लाबेग्लै सत्रमा छलफल हुनेछ ।