नेपाली सेना र अमेरिकी सेनाको एक महिने संयुक्त सैन्य अभ्यास आजदेखि सुरु हुँदै
नेपाल बोली
३१ श्रावण २०७९, मंगलवार
नेपाली सेना र अमेरिकी सेनाले आज मङ्गलवारदेखि भदौको ३१ गतेसम्म संयुक्त सैन्य अभ्यास गर्दैछन् । २०६० सालदेखि हुँदै आएको एक्स ब्यालेन्स नेल अभ्यासको ३९ औँ संस्करणको तालिम आज मङ्गलबारदेखि सुरु हुन लागेको नेपाली सेनाले जनाएको छ । तालिमलाई रक्षा मन्त्रालयले स्वीकृति दिएको छ ।
अभ्यासमा नेपाली सेनाको महावीर योजना तथा समन्वय महाशाखा अन्तर्गत रहेका रेञ्जर गण तथा अमेरिकी सेनाको टुकडी सहभागी हुनेछन् ।
नेपाली सेनाका ८० जना र अमेरिकी सेनाका १६ जना गरी ९६ जना सहभागी हुने तालिम काठमाण्डौको छाउनी र नगरकोट क्षेत्रमा सञ्चालन हुनेछ ।
तालिमका लागि टुकडी क्याप्टेनको नेतृत्वमा अमेरिकी सेनाको टोली सोमबार नेपाल आइपुगको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै