काठमाडौ स्थित भारतीय दुतावासद्धारा भारतको ७६ औं स्वतन्त्रता दिवस मनाइयो

भारतीय राजदूतावास, काठमाडौंले सोमवार भारतको ७६ औं स्वतन्त्रता दिवस काठमाडौमा मनाएका छन । कार्यक्रम भारत स्वतन्त्रताको ७५ वर्षको ऐतिहासिक उपलब्धिलाई सम्झना गर्न भारत सरकारले सन् २०२१ मार्चमा अघि सारेको आजादीका अमृत महोत्सवकै एक हिस्साको रुपमा मनाइएको दुतावासले जनाएको छ ।
कार्यक्रममा दूतावासका काउन्सिलर श्री प्रसन्न श्रीवास्तवले झण्डोत्तोलन गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए । त्यस पछि उनले भारतका माननीय राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले स्वतन्त्रता दिवसको अवसरमा देशको नाममा गर्नुभएको सम्बोधन पढेर सुनाएका थिए । भारतको स्वतन्त्रताको खातिर हाम्रा स्वतन्त्र सेनानीहरुले गरेको बलिदानको सम्झना गर्दै राष्ट्रपति मुर्मूले भारतले हासिल गरेको उपलब्धिहरुको चर्चा गरेका छन । भारतका राष्ट्रवादी कवि कुवेम्पुलाई उदृत गर्दै वहाँले मातृभूमि र भारतीय नागरिकको उत्थानका लागि भारतका युवालाई पूर्ण रुपमा समर्पित भई अघि बढ्न पनि आह्वान गर्रेकी छिन ।
कार्यक्रममा दूतावासले भारतीय सशस्त्र बलका दिवंगत सैनिकका श्रीमती र निकटतम नातेदारहरुलाई नेरु २.६५ करोड प्रदान गरी सम्मान गरिएको थियो ।
दूतावासले आजादीका अमृत महोत्सव हाजिरीजवाफ प्रतियोगिताका विजेताहरुलाई पुरस्कृत गरेका थिए । देश बाहिर रहेका भारतीय युवा र विदेशी नागरिकलाई भारतबारे जानकारी थाहा पाउन प्ररित गर्ने उद्देश्यले भारत सरकार विदेश मन्त्रालयले सो हाजिरीजवाफको आयोजना गरेको थियो ।
कार्यक्रममा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय, काठमाडौंका शिक्षक तथा विद्यार्थीले देशभक्ति गीत लगायतका प्रस्तुति प्रस्तुत गरेका थिए ।