चीनले नेपाललाई १५ अर्ब आर्थिक सहयोग दिने – Nepalboli

चीनले नेपाललाई १५ अर्ब आर्थिक सहयोग दिने

   २६ श्रावण २०७९, बिहीबार  

तीन दिने चीन भ्रमणका रहेका परराष्ट्रमन्त्री डा नारायण खड्का र चिनियाँ समकक्षी वाङ यीबीच भेटवार्ता भएको छ । भेटवार्ता सौहार्दपूर्ण र फलदायी भएको बताइएको छ ।

दुई मन्त्रीले नेपाल चीन सम्बन्धका विविध पक्षका विषयमा छलफल भएको र पारस्परिक हितका विषयमा सहकार्य गरेर अघि बढ्ने सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

चीनले सन् २०२२ का लागि नेपाललाई १५ अर्ब रुपैयाँ भन्दा बढी सहयोग गर्ने भएको छ । विदेशमन्त्री वाङ यीले नेपाललाई ८०० मिलियन आरएमबी (१५ अर्ब १३ करोड रुपैयाँ बढी)  सहयोग गर्ने घोषणा गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै