चिनियाँ समकक्षी संग परराष्ट्रमन्त्री खड्काको दुई घण्टा लामो वार्ता – Nepalboli

चिनियाँ समकक्षी संग परराष्ट्रमन्त्री खड्काको दुई घण्टा लामो वार्ता

   २५ श्रावण २०७९, बुधबार  

परराष्ट्रमन्त्री डा नारायण खड्का र उनका समकक्षी चिनियाँ विदेशमन्त्री वाङ यीबीच दुई घण्टा लामो वार्ता भएको छ । चीनको तीन दिने भ्रमणमा रहेको परराष्ट्रमन्त्री नेतृत्वको टोली र चिनियाँ विदेशमन्त्रीको टोलीबीचको वार्ता केही बेरअघि सकिएको हो ।

चिनियाँ समकक्षीसँगको भेटवार्तालाई नेपालस्थित परराष्ट्र मन्त्रालयले सौहार्दपूर्ण र फलदायी भनेको छ । दुईजनाबीच चीनको सान्दोङ्ग प्रान्तस्थित छिङ्दाओ शहरमा वार्ता भएको हो । दुवै देशका मन्त्रीले नेपाल चीन सम्बन्धका सबै पक्षको समीक्षा गरेका थिए। दुई पक्ष आपसी हित र साझा चासोका क्षेत्रमा सहयोग अभिवृद्धि गर्न सहमत भएका परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्री खड्का तीन दिने भ्रमणका लागि चीन पुगेका हुन् । हिमालय एयरलाइन्सको चार्टर्ड विमानबाट भ्रमण टोलीसहित परराष्ट्रमन्त्री खड्का मंगलबार राति चीनतर्फ गएका थिए । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा खड्का उत्तरी छिमेकीको औपचारिक भ्रमणमा निस्केका थिए ।

पछिल्लो समय अमेरिकी समामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेपछि चीनले नेपालको पनि साथ खोजिरहेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै