जसपा नेपालको अध्यक्ष बाहेक अन्य पदाधिकारी चयन गर्न मतदान हुँदै
जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) को राष्ट्रिय एकताको महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न आज अपराह्नदेखि मतदान हुने भएको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार दिउँसो साढे १२ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ । त्यसपछि मतदान प्रारम्भ हुने जनाएइको छ ।
पदाधिकारी र केन्द्रीय सदस्यमा परेको अन्तिम उम्मेदवारको सूची सार्वजनिक गर्न निर्वाचन समितिलाई बुधबार अबेर राति भएको थियो । उम्मेदवारीमा दाबी विरोध र दाबी विरोधउपर निर्णय भइसकेको छ ।
२०१ केन्द्रीय सदस्य र अध्यक्ष, सह-अध्यक्ष, महासचिव, सह-महासचिव, कोषाध्यक्ष, सचिव र सहसचिव गरी २० पदाधिकारीका लागि बुधबार मनोनयन दर्ता भएको थियो ।