चक्रपथ विस्तारबारे कांग्रेस र रास्वपा सांसदको संकल्प प्रस्ताव दर्ता – Nepalboli

चक्रपथ विस्तारबारे कांग्रेस र रास्वपा सांसदको संकल्प प्रस्ताव दर्ता

   २०८१ जेष्ठ ३०, बुधबार  

चक्रपथको कलंकी–चाबहिल खण्डको काम तत्काल सुरु गर्न माग गर्दै नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले संकल्प प्रस्ताव दर्ता गरेका छन् । कांग्रेस सांसद प्रदीप पौडेल प्रस्ताव रहेको संकल्प प्रस्ताव बुधबार प्रतिनिधि सभामा दर्ता भएको हो ।

संकल्प प्रस्तावको समर्थकमा कांग्रेस सांसद गगनकुमार थापा, प्रतिमा गौतम, सपना राजभण्डारी, अम्बिका बस्नेत, राजेन्द्रकुमार केसी र सन्तोष चालिसे छन् । त्यस्तै रास्वपाका सांसद शिशिर खनाल, शोविता गौतम र गणेश पराजुली पनि संकल्प प्रस्तावको समर्थक रहेका छन् ।

चक्रपथ विस्तारको काम सुरु भए पनि मुख्य सडक निर्माण लामो समयदेखि अनिश्चित भएको, धुलोधुँवाले आमनागरिकको स्वास्थ्यमा दीर्घकालीन असर परेको, वातावरण प्रदूषण बढेकोलगायत कारणले यो विषय संसदमा छलफल गर्नुपर्ने प्रस्तावमा उल्लेख गरिएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै