मधेश प्रदेश सरकारको नीति कार्यक्रम प्रस्तुत – Nepalboli

मधेश प्रदेश सरकारको नीति कार्यक्रम प्रस्तुत

   २०८१ जेष्ठ ३०, बुधबार  

मधेश प्रदेशसभाको मंगलबार साँझ बसेको प्रदेशसभाको बैठकमा मधेश प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेश सरकारको अगामी आर्थिक वर्ष २०८१–८२को नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ । नेपालको संविधान २०७२ नेपाल सरकारको आर्थिक नीति, नेपाल सरकारको १६ औ आवधिक योजना, िदगो विकासका लक्ष्यहरु, नेपाल सरकारले अन्तर्राष्ट्रिय स्तरमा गरेको सन्धीसम्झौता, मधेश प्रदेशको पहिलो आवधिक योजनासहितको अधारमा प्रदेश प्रमुखले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।

प्रस्तुत नीति तथा कार्यक्रममा पुर्वाधार, स्वास्थ्य, कृषि, उद्योग पर्यटन र सिँचाइ क्षेत्रलाई प्राथमिकता दिइएको छ । मधेश प्रदेशको दिगो विकासका लागि मधेश प्रदेशमा लगानी सम्मेलनको आयोजना, मिडिया साझेदारी कार्यक्रम सञ्चालन र प्रदेशमा गठन भइ कार्यान्वयन हुन नसकेका संरचनालाई खारेजी गरी नयाँ संरचना गठनको विषयलाई प्राथमिता दिइएको छ ।

प्रदेशमा उत्पादन तथा उत्पादक्त्व बढाउनुको साथै पुँजीगत खर्चमा वृद्धि गर्ने विषय नीति कार्यक्रममा उल्लेख छ । सरकारी सेवालाई स्वछ निश्पक्ष र प्रभावकारी बनाउन र सरकारी कामकाजका साथै विकास निर्माणका कामलाई व्यवस्थितरुपमा समयमै सम्पन्न गराउनका लागि मन्त्रालयले कार्य सम्पादन गर्ने सम्झौता गर्नुपर्ने व्यवस्था गरिएको छ ।

नागरिकमा संघीयताप्रति अपनत्व जगाउनका लागि सरकारी कामकाजलाई चुस्त दुरुस्त बनाउँदै समाजमा रहेको अमानवीय कुरीति र परम्परालाई अन्त्य गर्न ती विषयहरुलाई पाठयक्रममा समावेश गर्ने सरकारले नीति लिएको छ । प्रदेशमा अन्तरिक राजस्व नीति परिचालन गर्नुको साथै संघीय सरकारबाट प्राप्त विशेष, सम्पुरक र सशर्त अनुदानलाई मधेश प्रदेशको मानव सुचकाँक कम देखिएको क्षेत्रमा परिचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रदेश सरकारले हलुका सवारी खरिद गर्दा विद्युतिय सवारी साधनलाई प्राथमिकता दिइ बजेट छुटयाइने, कर कानूनमा समसमायिक परिमार्जन गरिने नीति लिएको छ । प्रदेश सरकारको नीति कार्यक्रममा पत्रकारिता क्षेत्रको उत्थानको लागि पत्रकारलाई दिने गरेको लोक कल्याणकारी विज्ञापनलाई निरन्तरता दिनुको साथै पत्रकारको दुर्घटना विमा गरिने उल्लेख छ ।

चुरे जोगाउ मधेश बचाउ अभियानलाई निरन्तरता दिदै प्रदेश सरकारले भू तथा जलाधार क्षेत्रलाई संरक्षणका लागि ऐन ल्याउने र एकिकृत जलाधार कार्यक्रम र शहरी जलाधार कार्यक्रम संचालन गरिने उल्लेख छ । नीति कार्यक्रममा प्रत्येक पालिकामा वन नर्सरी, वृक्षारोपन कार्यक्रमलाई निरन्तरता दिदै हरित शहर स्वच्छ शहर कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।

एक निर्वाचन एक सडक अन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा ५ किलोमिटर सडक कालोपत्रे गर्ने, सडक सुरक्षा तथा सडक सौन्दर्य कार्यक्रम सञ्चालन र प्रत्येक जिल्लाको पालिकामा नमुना बस्तीको निर्माण गर्ने नीिित कार्यक्रममा उल्लेख छ । प्रदेश सरकारको नीति कार्यक्रममा कृषि क्षेत्रको समग्र विकासका लागि कृषिको मुख्य अधार माटोको स्वास्थ्य सुधार कार्यक्रम, वीउपुँजी कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।

त्यसैगरी स्वास्थ्य क्षेत्रको सुधारका लागि मुख्यमन्त्री घरदैलो स्वास्थ्य सेवा कार्यक्रम, नागरिक आरोग्य सेवा केन्द्रको स्थापना, मधेश स्वास्थ्य प्रतिष्ठान अन्तर्गत सञ्चालित अस्पताललाई पाँचसय शैया बनाउनुका साथै धनुषाको हँसपुरमा जडीवुटी उत्पादन र प्रसोधन केन्द्रको स्थापना गरिने उल्लेख छ ।

प्रदेश सरकारकारले श्रम तथा रोजगार क्षेत्रका लागि श्रम तथा रोजगार ऐनको तर्जुमा गर्ने, मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्ने, बालश्रम निषेध अभियान सञ्चालन गरिने लगायतका नयाँ कार्यक्रमलाई नीति कार्यक्रममा समावेश गरिएको छ । एक विद्युतीय चुलो कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै