सोलाखानीको पहिरोमा पुरिएर जलविद्युत आयोजनाका मजदुरको मृत्यु, दुईजना घाइते – Nepalboli

सोलाखानीको पहिरोमा पुरिएर जलविद्युत आयोजनाका मजदुरको मृत्यु, दुईजना घाइते

   २०८१ जेष्ठ ३०, बुधबार  

सङ्खुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन्। मङ्गलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गङ्गाराम थारुको मृत्यु भएको तथा मकवानपुरका उमेश कार्की र गोविन्द थारू घाइते भएका प्रहरीले जनाएको छ।
उनीहरू निदाएका बेला पहिरो खसेको हो। जलविद्युत् आयोजनाले कामदारका निम्ति निर्माण गरेका १४ वटा कोठामध्ये ३ वटा पुरिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै