मोरङमा हात्तीको छावा मृत भेटियो – Nepalboli

मोरङमा हात्तीको छावा मृत भेटियो

   २०८१ जेष्ठ ३०, बुधबार  

मोरङको सुन्दरहरैंचा ६ मा जंगली हात्तीको बच्चा (छावा) मृत भेटिएको छ। बुधबार बिहान स्थानीय दुर्गा मन्दिर टोल नजिक भक्तराज लिम्बुको केरा बगानभित्र भाले छावा मृत फेला परेको हो।

अन्दाजी ५-६ वर्षको जस्तो देखिने हात्तीको छावा कसरी केरा बगानभित्र पुग्यो र मृत्यु भयो भन्ने यकिन हुन बाँकी रहेको लाटीझोडा सब डिभिजन वन कार्यालयका प्रमुख एवम् अधिकृत अमृतविलाश पन्तले बताए। छावाको सुँडको छेउमा सामान्य चोट देखिएको उनले बताए । कोशी टप्पु वन्यजन्तु आरक्षको टोली अनुसन्धानका लागि घटनास्थल तर्फ जाँदैछ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै