राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति अभियानद्धारा बागलुङको बुर्तिवाङमा प्रर्दशन – Nepalboli

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति अभियानद्धारा बागलुङको बुर्तिवाङमा प्रर्दशन

   २०८१ जेष्ठ २९, मंगलवार  

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति सम्बद्ध पश्चिम कमान्ड द्वारा बागलुङको बुर्तिवाङमा मंगलवार विरोध प्रर्दशन गरेका छन । महतो सहितको अभियानको केन्द्रिय नेताहरुको उपस्थितीमा भएको कार्यक्रमलाई मगरात भुमि अतिक्रमण विरुद्ध साँस्कृतिक प्रतिरोध कार्यक्रम अभियानले भनेका छन । जुनतारा पुन मगरको अध्यक्षतामा भएको कार्यक्रममा स्वदेशी मगरात भुमि अतिक्रमण विरुद्ध साँस्कृतिक कार्यक्रमहरु बागलुङको बुर्तिवाङ बजारमा भएको अभियानले जनाएको छ ।

कार्यक्रममा राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक तथा पुर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले एकल नश्लिय चिन्तन बोकेका शासकवर्गले साझा नेपाल बन्न नदिएको आरोप लगाएका थिए । फुटाउ र राज्य गर नीति तहत हामी उत्पीडितहरुलाई शासकवर्गले एकजुट हुन नदिएकोले आफुलाई पहाड हिमाल तर्फ उक्लिनु परेको उनले बताए । जहाँ जहाँ विभेद, उत्पीडन , अन्याय, अपमान रहन्छ त्याँहा त्याँहा राष्ट्रिय मुक्ति क्रान्ति हुने महताको भनाई थियो ।

अर्का नेता केशव झाले ढोरपाटन शिकार आरक्ष क्षेत्रबाट पीडित भएका मुलवासीहरुको समस्या अब हाम्रो समस्या भएकोले राष्ट्रिय अन्तर्राष्ट्रिय मन्चसम्म यो समस्या उजागर गर्ने र समाधान खोजि छाड्ने बताए । हाम्रो उदेश्य नै जल, जंगल , जमिन माथि आदिवासी मुलवासीहरुको अधिपत्य स्थापित गराउनेमा उनले जोड दिए।

साँस्कृतिक झाँकी सहित प्रदर्शन भएको र्याली नगर परिक्रमा गरि सभामा परिणत भएको थियो। कार्यक्रममा राष्ट्रिय मुक्ति क्रान्तिका नेतृ कमला गुरुङ, काठमाडौंका युवा नेता सुमन सायमी , नेता अनिल महासेठले सम्बोधन गरेका थिए।

 

 

 

 

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै