मधेश सरकारको नीति तथा कार्यक्रम आज – Nepalboli

मधेश सरकारको नीति तथा कार्यक्रम आज

   २९ जेष्ठ २०८१, मंगलवार  

मधेश प्रदेश सरकारको अगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ । नीति तथा कार्यक्रमको लागि आज दिउँसो २ बजे मधेश प्रदेशसभा बैठक डाकिएको छ ।

बैठकमा मधेश सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रस्तुत गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।

उनले नेपालको संविधानको धारा १८४ को उपधारा (२) बमोजिम प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीती तथा कार्यक्रम प्रदेश प्रमुख भण्डारीले प्रस्तुत कार्यक्रम गर्ने तयारी छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै