जसपा नेपालको राष्ट्रिय महाधिवेशन आजदेखि जनकपुरमा – Nepalboli

जसपा नेपालको राष्ट्रिय महाधिवेशन आजदेखि जनकपुरमा

   २०८१ जेष्ठ २८, सोमबार  

जनता समाजवादी पार्टी (जसपा) नेपालको आजदेखि जनकपुरमा राष्ट्रिय महाधिवेशन गर्दैछ । महाधिवेशन जेष्ठ ३० गतेसम्म चल्ने जसपाले जनाएको छ । महाधिवेशनका लागि जनकपुरधामको ऐतिहासिक तिरहुतिया गाछीमा अधिवेशन स्थल निर्माण गरिएको छ ।

महाधिवेशनमा १३ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने छन् । महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न मुलुकका प्रतिनिधि, राजनीतिक दलका नेतालाई निम्तो गरिएको छ ।

महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । पार्टी विभाजन भएकाले अध्यक्षमा पुनः उपेन्द्र यादव दोहोरिने लगभग निश्चित छ ।

महाधिवेशनले अध्यक्षबाहेक सहअध्यक्ष १, उपाध्यक्ष ५, महासचिव २, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष एक गरि २०१ केन्द्रीय सदस्य र कार्यकारिणी सदस्य निर्वाचित गर्ने सुमनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै