तेस्रो कार्यकालका लागी भारतीय प्रधानमन्त्री मोदीले लिए शपथ – Nepalboli

तेस्रो कार्यकालका लागी भारतीय प्रधानमन्त्री मोदीले लिए शपथ

   २७ जेष्ठ २०८१, आईतवार  

भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले आफनो तेस्रो कार्यकालका लागी पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथ समारोहमा नेपालसहित विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकारप्रमुखलाई पनि निमन्त्रणा गरिएको छ । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि शपथ समारोहमा सहभागी भएका छन् ।

राष्ट्रपति भवनमा आयोजित एक भव्य समारोहमा छिमेकी राष्ट्र प्रमुख, सरकार प्रमुख तथा अन्य विशिष्ट अतिथिहरूको उपस्थितिसहित मोदीले राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष प्रधानमन्त्री पदको शपथ लिएका हुन्।

मोदीसँगै उनको मन्त्रिपरिषद्का सदस्यहरूले पनि शपथ लिएका छन्। मोदीले शपथ लिएपछि दोस्रो नम्बरमा राजनाथ सिंह र तेस्रो नम्बरमा अमित शाहले शपथ लिएका छन्। सिंह अघिल्लो मन्त्रीमण्डलमा रक्षा मन्त्री थिए भने शाह गृहमन्त्री थिए। उनीहरुलाई मोदीका निकट सहयोगी मानिन्छ।

त्यस्तै नितिन गडकरी, बीजेपी अध्यक्ष जेपी नड्डा, एस जयशंकर, निर्मला सितारमण लगायतले पनि मन्त्रीको शपथ लिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै