नापी कार्यालय चन्द्रौटाका सर्वेक्षक गुप्ता अख्तियारको नियन्त्रणमा – Nepalboli

नापी कार्यालय चन्द्रौटाका सर्वेक्षक गुप्ता अख्तियारको नियन्त्रणमा

   २०८१ जेष्ठ २५, शुक्रबार  

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित नापी कार्यालय चन्द्रौटाका सर्वेक्षक बचेनप्रसाद गुप्तालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । जग्गा कित्ताकाट गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मा गरिरहेको भन्ने सूचना एवम् उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले सर्वेक्षक गुप्तालाई नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

प्रवक्ता घिमिरेका अनुसार गुप्ताले सेवाग्राहीबाट ३५ हजार घुस लिइसकेको अवस्थामा उक्त रकम र स्रोत नखुलेको ५० हजार रुपियाँसहित नापी कार्यालय चन्द्रौटा नजिकबाट शुक्रबार नियन्त्रणमा लिइएको हो । यस विषयमा थप अनुसन्धान भइरहेको पनि उहाँले बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै